२३ कार्तिक २०८३, सोमबार

राष्ट्रघाति माग राखेर जिद्दी नकस्न आन्दोलनरत पक्षलाई नेता नेपालको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepalउदयपुर, २३ पुस । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसका केहि सिमित नेताहरुले मधेसमा अनावश्क भ्रम छरेर देशमा संकट निम्त्याएको बताउनु भएको छ ।

व्यक्तिगत स्वार्थमा परेर गरिएको आन्दोलनले मधेसकै बिकास र उन्नतिमा ठुलो धक्का पुगेको भन्दै नेता नेपालले राष्ट्रघाति माग राखेर जिद्दी नकस्न आन्दोलनरत पक्षलाई चेतावनी दिनुभयो । पार्टीले संञ्चालन गरेको संबिधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियानको सगरमाथा अञ्चल स्तरीय प्रशिक्षण कार्यक्रमको गाईघाटमा उद्घाटन गर्दै नेता नेपालले संकुचित सोचका स्वार्थमा डुवेका मधेस केन्द्रित नेताहरुले जनतालाई जबरजस्ती आन्दोलनमा प्रयोग गरेको बताउनुभयो ।

उहाँले संबिधानको अन्र्तबस्तुको बारेमा मधेसमा प्रचारप्रसार हुन नसक्दा गलत ढङ्गबाट आन्दोलन अघि बढेको भन्दै त्यसलाई चिर्न एमालेले मधेस केन्द्रित अभियान सुरु गरेको जानकारी दिनुभयो । संबिधानमा आदीबासी, जनजाती, दलित, महिला, मधेसी, मुस्लिम लागाएत सबैको अधिकार सुनिश्चित भएको भन्दै उहाँले संबिधान निर्माणपछि संबिधान निर्माणमा सहभागि भएका दलहरु गाउँ जान ढिलाहुँदा तराईको समस्या सृजित भएको स्वीकार गर्नुभयो । उहाँले सुनसरी, झापा, मोरङ, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका जनता सीमाङ्कन परिवर्तनको विपक्षमा रहेकाले व्यक्ती बिषेशको फाईदाका लागि सिमांकन परिवर्तन नहुने ठोकुवा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिब ईश्वर पोखरेललले अभ्यास, अनुभव, आबश्यकता र औचित्यका आधारमा मात्र सिमांकन परिवर्तन हुने बताउनु भएको छ ।

उहाँले आफुलाई मधेसको ठेकेदार भन्न रुचाउनेहरुले नेपालगञ्ज र सर्लाहीमा बसेर सीमा कोर्दैमा आम जनताको भावना विपरीत लहडमा सिमांकन परिवर्तन हुन नसक्ने ठोकुवा गर्नुभयो । ‘यदि सिमांकन परिवर्तन नै गर्नुपर्ने भए अभ्यास, हिजोको अनुभव, आबश्यकता पहिचान र परिवर्तनको औचित्य पुष्टि गरेर मात्र सम्भव हुन्छ,’ उहाँले भन्नुभयो ।

भारतले लगाएको नाकाबन्दीको बिषयमा खरोरुपमा प्रस्तुत हुनु भएका महासचिव पोखरेलले भन्नुभयो, ‘दुःख सहन्छौ तर, स्वाभिमानी नेपालीको शिर झुक्न दिन्नौ ।’ उहाँले स्वतन्त्र मुलुकमाथि भारतले गरेको व्यवहार कसैलाई सैय नभएको भन्दै जवरजस्तीको व्यवहार तत्काल रोक्न आग्रह गर्नुभयो ।

छिमेकी मुलुकले यसरी वेलामौकामा दुःख दिन्छ भन्ने हेक्का नराख्दा आम नेपालीले दुःख पाएको भन्दै उहाँले, अवको दिनमा छिमेकी मुलुकसँगको असन्तुलित व्यवहारलाई सन्तुलन गरेर अगाडी बढ्ने बताउनुभयो ।

पोखरेलले दुबै छिमेकी मुलुकसँग सन्तुलित व्यवहार गर्नकै लागि वर्तमान सरकारले मित्रराष्ट्र चिनसँग अहिलेसम्म नभएको ऐतिहासिक सम्झौता गर्न लागेको बताउनुभयो । उहाँले विभिन्न नाकाहरु खोल्दै उर्जा संकट समाधान, नाका सहजता, बाणिज्य लगायतका सम्झौताहरु गर्न लागेको जानकारी दिनुभयो ।