२३ कार्तिक २०८३, सोमबार

कार्यदलस्तरको छलफलबाट मधेसी मोर्चा किन खुसी भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta-thakurकाठमाडौं, २३ पुस । विभिन्न माग राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग कार्यदल स्तरमा भइरहेको वार्ता र सम्वादलाई सकारात्मक रहेको जनाएको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा आज बसेको मधेसी मोर्चाको बैठकले कार्यदलमा भइरहेको छलफलमा केही आशा जागेको निष्कर्ष निकालेको हो । कार्यदलमा भइरहेका छलफलका विषयमा मधेसी मोर्चाका तर्फबाट सहभागी सदस्यहरूले बैठकमा हालसम्म भएको परामर्शका विषयमा जानकारी गराएको थियो ।

सद्भावना पार्टीका महासचिव मनीष सुमनले भोलि शुक्रबार पुनः बैठक बस्ने गरी आजका लागि बैठक सक्किएको बताउनुभयो ।

‘कार्यदलस्तरमा भएका वार्ताका विषयमा समीक्षा भयो’, उहाँले भन्नुभयो, ‘भोलिको बैठकले आन्दोलनका कार्यक्रम र भावी योजना सार्वजनिक गर्छ ।’

मधेसी मोर्चाले आफ्ना पुराना कार्यक्रमहरूलाई यथावत राख्दै आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि कार्यक्रम बनाएर आउन भनिएको महासचिव सुमनले बताउनुभयो ।

आजको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तमसपाका अध्यक्ष महेन्द्र राय यादवलगायतका दोस्रो तहका नेताहरूको पनि सहभागिता रहेको थियो ।