मोरङ २३ पुस । मोरङमा विहीबार दिउँसो गोली चलेको छ ।
अज्ञात समूहले गोली चलाउँदा सुन्दर दुलारी–३ बस्ने ४० बर्षीय दिनेश श्रेष्ठ बाँया कोखामा गोली लागेर घाइते भएको अवस्थामा बिहीबार फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सोही ठाउँस्थित सामुदायिक जंगलमा बन्दुक पड्कको आवाज सुनेपछि स्थानीयबासी गई हेर्दा उनलाई सुकना खोल्चीमा घाइते अवस्थामा फेला पारेका थिए । श्रेष्ठलाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया