१३ कार्तिक २०८३, शुक्रबार

देशलाई अन्तर्राष्ट्रिय तत्वहरुले कमजोर बनाउन खोजे : नेत्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata koirala

रुकुम, २३ पुस । नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देशको अस्थिरता हटाउन राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रुकुमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री कोइरालाले देशलाई अन्तर्राष्ट्रिय तत्वहरुले कमजोर बनाउन खोजेकाले यस्ता तत्वबाट जोगिन राजनीतिक दलहरु विभाजन नहुने बताउनुभयो ।

उहाँले सबैले राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापको बाटो खोज्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । जारी संविधानमा केही त्रुटि भए पनि सबै नेपाली जनताको अधिकार सुनिश्चित गर्दै संशोधन गर्न सकिने उहाँको भनाइ थियो ।

नेका रुकुमको जिल्लास्तरीय कार्यकर्ता भेलामा प्रमुख अथितिका रुपमा उपस्थित हुन आउनुभएका नेत्री कोइरालाले पार्टी अधिवेशनबाट पुराना पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । रासस