१३ कार्तिक २०८३, शुक्रबार

एभिन्यूजका पत्रकार खनालमाथि घरको छतबाट आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

atv

नेपालगन्ज, २३ पुस । नेपालगन्जस्थित एभिन्यूज टेलिभिजनका क्षेत्रीय प्रमुख कृष्ण खनालमाथि गएराति यहाँ अज्ञात समूहले आक्रमण गरेको छ ।

कार्यालयको काम सकेर घर जाने क्रममा स्थानीय त्रिवेणी चोकमा पुगेका पत्रकार खनालमाथि त्यहाँको एक घरको छतबाट बोतल प्रहार गरिएको थियो ।

आक्रमणमा परी गम्भीर घाइते भएका खनालको ढाडको बायाँपट्टि दुईवटा टाँका लगाइएको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरी छानबिन सुरु गरेको छ ।

नेपाल पत्रकार महासङ्घ, बाँकेका अध्यक्ष रुद्र सुवेदीले घटनाको भत्र्सना गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गर्नुभएको छ । रासस