३१ आश्विन २०८३, शनिबार

बैंकका लगानीकर्तालाई खुशीको खवर, इन्भेष्टमेन्ट बैकको यस्तो बहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Investment-Bank-Limited Logo

काठमाडौँ, २३ पुस । तपाईसँग पैसा छ ? लगानी गर्न ठाँउको खोजीमा हुनुहुन्छ ? उसो हो भने तयार रहनुहोस लगानीका लागि । अवको केही महिना दिन पछाडि फागुन पहिलो साता भित्रै नेपाल इन्भेष्टमेन्ट बैंकले ८० लाख कित्ता बरावरको साधारण सेयर निश्काशन गर्न लागेको छ ।

बैंकले प्रतिकित्ता ६०१ रुपैयाँ मूल्य तोकेर नयाँ सेयर निश्काशन गर्ने लागेको हो । बैंकले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको सेयरमा प्रिमियम मूल्य ५०१ रुपैयाँ जोडेर बिक्री गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार कुनै पनि वाणिज्य बैंकमा सर्वसाधरणको सेयर हिस्सा ३० प्रतिशत अनिवार्य हुनुपर्ने उल्लेख छ । हाल नेपाल इन्भेष्टमेन्टमा २० प्रतिशत सेयर हिस्सा मात्र सर्वसाधारणलाई बिक्री गरिएको अवस्था छ । नेपाल राष्ट्रबैंकले सर्बसाधारण सेयरको हिस्सा ३० प्रतिशत बनाउन दिएको निर्देशन पालना नभएको भन्दै उस्ले इन्भेष्टमेन्ट बैंकको लाभांश वितरणमा रोक लगाएको छ । सर्बसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत बनाएपछि मात्र घोषित लाभांश वितरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकोमा बैंकले झण्डै १० प्रतिशत अर्थात ८० लाख कित्ता वरावरको साधरण सेयर निस्कासन गरेसँगै घोषित लाभासं पाउने बाटो खुल्ने छ । यससँगै बैंकको चुक्ता पूँजी ७ अर्व १४ करोड नाग्ने छ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार आठ अर्व चुक्ता पु¥याउन बैंकले फेरि कुनै नयाँ जुक्ती फु¥याउन आवश्यक पर्नेछ ।