६ कार्तिक २०८३, शुक्रबार

अब नेपाली सेनाले फास्ट्र ट्रयाक’मा बनाउने भयो राजमार्ग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय महत्त्वका चार वटा रणनीतिक सडक निर्माणको काम सुरु गरेको छ । भौगोलिक विकटताका कारण सडक विभागले बनाउन नसकेका काम सेनालाई जिम्मा दिएर निर्माण गर्न लागिएको हो ।

कर्णाली करिडोर, जाजरकोट-डोल्पा, कालिगण्डकी करिडोर र मैलुङ-स्याफ्रुबेसी सडक सेनाले बनाउन लागेको हो । कर्णाली कालीगण्डकी करिडोर र जाजरकोट-डोल्पा सडकको केही क्षेत्रमा काम सुरु भइसकेको र मैलुङ स्याफ्रुबेसी खण्डको काम सोमबारबाट सुरु भएको सेनाको विकास निर्माण निर्देशनालयले जानकारी दियो ।

३ वटा सडक निर्माण योजनाअनुसार हुने तर मैलुङ स्याफ्रुबेसी खण्डको काम सरकारले सहयोग गरे डेढ वर्षभित्र सकिने सेनाका सहायक रथी उद्धव बिष्टले जानकारी दिए । नागरिक दैनिकमा खबर छ ।