
काठमाडौं, २३ पुस । नेपालमा भारतविरोधी गतिविधी बढेपछि अहिले भारतीय राजदूत रञ्जीत रेलाई आपत परेको छ ।
भारतलाई चोख्याउन उनी दिनप्रतिदिन आफ्नो बयान बदल्दै हिडिरहेका छन् भने झुटो पनि बोलिरहेका छन् । यसैक्रममा रेले भारतले राजतन्त्र पुनर्स्थापना तथा हिन्दू राष्ट्र नचाहेको स्पष्ट पारेका छन् । जबकी एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवालाई बोलाएर भारतले हिन्दू राष्ट्र कायम राख्न दबाब दिएको कुरा भर्खरै मात्र देउवाले खुलासा गरेका थिए ।
बुधबार नेपाल भारत मैत्री महिला संघले राजधानीमा आयोजना गरेको एक अन्तरसंवादमा भारतीय राजदूत रेले भने, ‘राजसंस्था पुर्नस्थापनजा र हिन्दू राष्ट्रको स्थापना भारतको चाहना होइन । हाम्रो चाहना नेपालमा स्थित विकास र उन्नति हो ।’ अन्नपूर्ण पोस्टमा समाचार छ ।















प्रतिक्रिया