१३ कार्तिक २०८३, शुक्रबार

मैनबत्तीको सहारामा जिल्ला अस्पताल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mom battiजाजरकोट, २३ पुस । यहाँको जिल्ला अस्पतालमा विद्युत् नहँुदा मैनबत्ती बालेर बिरामीको उपचार हुने गरिएको छ । दैनिक विद्युत्को अभावमा जिल्ला अस्पतालका बिरामीलाई मैनबत्तीको भरमा उपचार गर्दा निकै सास्ती व्यहोर्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् ।

अक्सिजन दिने बिरामी आए पनि विद्युत्को अभावमा अक्सिजन दिन नसकिएको स्वास्थ्यकर्मी नारायणी शाहले बताउनुभयो । एक हातमा मैनबत्ती अर्काे हातमा औषधि बोकेर वार्डमा जाँदा औषधि खुवाउनसमेत अप्ठ्यारो हुने गरेको शाहको भनाइ छ ।

अँध्यारो वार्डमा बिरामीको अवस्था के छ कसरी बसिरहेका छन् भन्नेसम्म थाहा नहुँदा उपचारमा बाधा पुगेको छ । अस्पतालमा सोलार बत्ती जडान गरे पनि सोलारले काम नगर्दा अँध्यारोमा बस्नु परेको चिकित्सक दीपक पुनले जानकारी दिनुभयो ।

बिरामी भर्ना गरिएको प्रत्येक वार्डमा मैनबत्ती राखेर उज्यालो दिने प्रयास भए पनि हावा चल्ने भएका कारण मैनबत्ती निभ्दा बिरामी तथा स्वास्थ्यकर्मीले सास्ती व्यहोनु परेको छ ।

जिल्ला अस्पतालमा थ्री पेचको विद्युत् जडान गरे पनि त्यसले काम नगर्दा र जडान गरिएका सोलारको पनि समयसमयमा मर्मत नहुँदा यस्तो समस्या आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

कानको उपचार गर्न आउने बिरामीलाई कान हेर्नका लागि चाहिने टर्चमा प्रयोग हुने ब्याट्री छैन भनेर दैनिक फर्काउने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । रासस