काठमाडौं, २३ पुस । कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले संविधान संशोधनमा भाषा मिलाउनका लागि आज पनि आफ्नो गृहकार्यलाई निरन्तरता दिएका छन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा कार्यदलले संशोधन प्रस्तावको विधेयकको भाषा मिलाउने विषयमा गृहकार्य गरिरहेको हो । कार्यदलको जारी बैठकमा मधेसी मोर्चाले उठाएका मागका विषयमा छलफल हुनेछ ।
मधेसी मोर्चाले जनसंख्यालाई मात्रै आधार बनाएर निर्वाचन क्षेत्र बनाउन प्रस्ताव गरेको छ । जनसंख्यालाई मात्रै आधार बनाउँदा थोरै जनसंख्या रहेका जिल्लाको प्रतिनिधित्व शून्य हुने खतरा बढ्ने जानकारहरूको भनाइ छ ।
त्यसै गरी राज्यका हरेक अंगमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा मधेसी मोर्चाले मधेसी जनताका लागि मात्रै आरक्षणको व्यवस्था गर्न माग गरेको छ ।
यी सबै विषयलाई समेटेर बीचबाट सहमति खोजिने नेताहरूले बताएका छन् ।












प्रतिक्रिया