काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्का लामो स्वास्थ्य उपचार पछि आज स्वदेश फर्कदै छन् ।
भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा नेता खड्काले आफ्नो मृगौलाको उपचार गराएका हुन् ।
मृगौलाले काम गर्न छाडेपछि नेता खड्काले एउटा मृगौला नयाँदिल्लीमा प्रत्यारोपण गरेको परिवारजनले जनाएका छन् । नेता खड्का झण्डै पाँच महिना दिल्लीमा उपचार गराएका हुन् ।
हिन्दू राष्ट्र स्थापनाको महाअभियानको नेतृत्व गर्दै आएका खड्काले अब सो विषयलाई पनि अगाडि बढाउने छन् ।
नजिकिँदै गरेको कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका खड्काले सुशील कोइराला वा शेरबहादुर देउवा कसलाई समर्थन गर्ने ? खुलाएका छैनन् ।
स्रोतका अनुसार नेता खड्काले देउवालाई नै समर्थन गर्न सक्ने छन् । तर उनले यस पटक आफ्नो समूहका धेरै नेताहरूलाई कार्यसमिति ल्याउने तयारी गरेका छन् ।
कांग्रेस नेता खड्का आज राति साढे आठ बजे त्रिभुवन बिमानस्थलमा अबतरण गर्ने कार्यक्रम छ ।












प्रतिक्रिया