१३ कार्तिक २०८३, शुक्रबार

सिटामोल मात्र पाउँछन् जाजरकोट अस्पतालमा बिरामीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paracetamol tabletsजाजरकोट, २३ पुस । यहाँको जिल्ला अस्पताल जाजरकोट औषधिको चरम अभाव भएको छ । अस्पतालमा औषधि ढुवानीको नियमित काम समयमै हुन नसक्दा औषधिको चरम अभाव भएको हो ।

वर्षभरिको सबै औषधि समयमा ढुवानी गरिसक्नुपर्ने भए पनि अहिलेसम्म औषधि आपूर्ति नहुँदा अस्पतालमा भर्ना हुने र भर्ना नभएर उपचार लिन आउने सर्वसाधारण मर्कामा परेका छन् । सामान्य प्रकारको औषधि पनि अस्पतालमा पाउन नसकेको बिरामीको गुनासो छ ।

सरकारले स्वास्थ्य चौकीमा ७० प्रकारको र प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा १०० प्रकारको औषधि निःशुल्क दिने भने पनि यतिबेला जाजरकोट अस्पतालमा औषधिको चरम अभाव भएको हो ।

जिल्ला अस्पतालमा अहिले दैनिक आठदेखि १३ जनासम्म बिरामी भर्ना हुन आउने गरेको छ । त्यस्तै सामान्य जाँच गराएर जानेको सङ्ख्या धेरै भए पनि अस्पतालबाट औषधि पाउने अवस्था नभएको सेवाग्राहीको गुनासो छ । रासस