२३ कार्तिक २०८३, सोमबार

ल्हारक्याल लामा अघि-अघि, प्रचण्ड पछि-पछि ! यस्तो देखियो प्रचण्डको थाइल्याण्ड भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Larkyal-Lama

काठमाडौँ, २२ पुस । विवादास्पद छबिका ल्हारक्याल लामालाई लिएर एमाओवादी अध्यक्ष प्रचण्ड थाइल्याण्डको बैंकक पुगेका छन् । पूर्वअर्थमन्त्री एवं एमाओवादीका सचिव बर्षमान पुन अनन्तलाई भेटन् थाइल्याण्ड पुगेका प्रचण्डसँगै उनकी श्रीमती सीता र छोरा प्रकाश पनि छन् । सभामुख एवं बर्षमानकी धर्मपत्नी ओनसरी घर्ती मगर पनि प्रचण्ड परिवारसँगै थाइल्याण्ड पुगेकी छिन् ।

Larkyal-lama-prachanda

तर, प्रचण्डको निजी सचिवालयले सार्वजनिक गरेको तस्वीरमा यस्तो असुहाउँदो दृश्य देखिएको छ, तिनै विवादास्पद छविका ल्हारक्याल अघि अघि, अनि प्रचण्ड उनकै पछि पछि देखिन्छन् । प्रचण्डले ल्हारक्याललाई थाइल्याण्ड लिएर जानु आफैमा रहस्यमय छ ।

Prachanda-Larkyal-Lama1

‘ल्हारक्यालको राहदानी र नागरिकताका विषयमा अहिले पनि छानबिन जारी छ । उनले विदेशमा मानिस पठाउने गरेको आरोप समेत छ । एमालेबाट एमाओवादी बनेका ल्हारक्याल अहिले अख्तियारको पनि अनुसन्धानमा छन् । तर, तिनै ल्हारक्याललाई बोकेर हिंड्नुपर्ने बाध्यता हाम्रा अध्यक्षलाई किन परेछ बुझ्न सकिएन ?’ नाम नबताउने शर्तमा एमाओवादीका एक नेताले दैनिक नेपालसँग भने ।

स्रोतका अनुसार, पछिल्लोपटक अजय सुमार्गीसँग प्रचण्डको दूरी बढेको छ । प्रचण्डको खर्च सुमार्गीले नै धानिदिँदै आएका थिए । सुगार्मी टाढिएपछि अहिले ल्हारक्याल लामा प्रचण्डका प्रायोजकका रुपमा चिनिन्छन् । प्रचण्डको घर खर्च धान्ने, जिल्ला जान जीप उपलब्ध गराउने ल्हारक्यालले नै प्रचण्ड सपरिवार सभामुखसहित बैंकक जाँदा टिकट काटिदिएका हुन् । उनले धर्मको नाममा आएको रकममध्ये केही नेतालाई चढाएर बाँकी भष्म बनाउने गरेको स्रोतको दाबी छ ।

Prachanda-Barsamanpun-health1

समित भेज अस्पतालमा भर्ना भएका पार्टी सचिव अनन्तलाई भेटेर प्रचण्डले उनको स्वास्थ्यमा भएको प्रगति लगायतका विषयमा जानकारी लिएका थिए ।

Prachanda-Barsamanpun-health

तीन महिना अघिदेखि कलेजोमा जण्डिसका कारण संक्रमित भएका बर्षमानको स्वास्थ्यमा खासै सुधार नभएको चिकित्सकहरुले जनाएका छन् । बिहीबार स्थानीय समय अनुसार बिहान ९ बजे प्रचण्डसँग चिकित्सकहरुले उनको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने बताइएको छ ।