१ कार्तिक २०८३, शनिबार

सुशीलसँग रहने यी नारी को हुन् ? जो केन्द्रीय सदस्य बन्न चाहन्छिन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Mirdula-380x600काठमाडौं, २२ पुस । अमेरिकामा घरजम गरेर बस्दै आएकी र अहिले कांग्रेस सभापति सुशील कोइरालाको सहयोगीका रुपमा सँगै बस्दै आएकी मृदुला कोइराला १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी छिन् ।

बिगत दुई वर्षदेखि काठमाडौंमा सभापति कोइरालाको निकट रहेर सँगै बस्दै आएकी मृदुलाका गतिविधि कांग्रेसलाई फाइदा पुगाउनेभन्दा पनि घाटा पुगाउने खालका हुने गरेको आरोप छ ।

स्रोतका अनुसार मृदुलाको क्रियाशील सदस्यता छैन । मृदुलाले क्रियाशील सदस्यताका लागि सभापति कोइरालालाई दबाव दिँदै आएकी छिन् ।

त्यति मात्रै होइन मृदुलाले जसरी हुन्छ १३औँ महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधि बनाउन वृद्ध कोइरालालाई दबाव दिने गरेको स्रोतको भनाइ छ ।

सभापति कोइरालाको निकट रहेर कसैलाई पनि नजिक जान नदिने गरेकी मृदुला अमेरिकी नागरिक हुन् । उनले उतैतिरको नागरिकता लिएको आरोप छ । उनका पति र छोराछोरी अमेरिकामा बस्छन् ।

मृदुला भने कांग्रेसको नाममा सभापति कोइरालाको निकट रहेर तर मार्दै आएको आरोप कांग्रेस नेताहरूको छ ।

सभापति कोइरालाले मृदुलालाई किन ‘काखी च्यापेर’ राखेका हुन् भनेर प्रश्न उठ्ने गरेका छन् । तर यसको चित्तबुझ्दो जवाफ कसैबाट आउने गरेको छैन ।

सभापति पदमा अर्को पटक उम्मेदवारी दिने मुड बनाएका कोइरालालाई शेरबहादुर देउवाले हराउने दाउ खोजी रहेका छन् ।

मृदुला र कोइरालाका सहयोगीहरूका कारण नेता तथा कार्यकर्तासाग भेट्न नपाएका कोइरालाले सभापतिमा पराजय भोग्ने निश्चित रहेको दाबी चल्न थालेको छ ।