१३ कार्तिक २०८३, शुक्रबार

डोटी पुगेर कोइरालाले भने, ‘भारत र मधेसलाई एउटै डालोमा नराखौँ, तराई टुक्रन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekhar Koiralaडोटी, २२ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कार्यकर्ताले साथ दिए १३औं महाधिवेशनमा पार्टीभित्रको भागबण्डाको राजनीतिलाई आफूले जसरी पनि तोड्ने दाबी गरेका छन् ।

सूदूरपश्चिमको भ्रमणमा रहेका डा कोइरालाले डोटीको सिलगढीमा बुधबार आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै भने, ‘६०–४० को भागबण्डाले कांग्रेस क्षेतबिक्षत भएको छ, दुरदराजमा रहेका कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन र कदर हून सकेको छैन । तपाँईहरूले साथ दिनुहोस् भागबण्डाको राजनीति तोडेर पार्टीलाई नयाँ शिरामा प्रवेश गराउँछु ।’

डा कोइरालाले आफूले कांग्रेस लोकतन्त्र र राष्ट्रहितलाई केन्द्रमा राख्दै पार्टीको ह्विप समेत नमानेर राखेको संविधान संशोधन प्रस्तावको सम्बोधन नगरेकै कारण देश अहिले जटिल मोडमा पुगेको बताउँनुभयो ।

लोकतन्त्रको मर्म र सिद्धान्त बमोजिम कांग्रेसले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताउँदै प्रधानमन्त्रीमा कांग्रेसले हारेपनि मुलुक र लोकतन्त्रले जितेको बताउनुभयो ।

भारत र मधेससँगको समस्यालाई एकै डालोमा राखेर हेरिएकाले समस्या थप बल्झिदै गएको उहाँको भनाइ छ । मधेसको समस्यामा राज्य थप जिम्मेवार र गम्भिर नभए मुलुक बिखण्डनमा जाने खतरा रहेको समेत बताउँनुभयो ।