१३ कार्तिक २०८३, शुक्रबार

गल्ती सच्याउन तयार छौंः गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaबर्दिवास, २२ पुस । मधेस पसेका नेपाली काँग्रेसका युवा नेताले विगतमा पार्टी नेतृत्वले गरेको गल्ती संवैधानिक प्रक्रियाबाट सच्चिने बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा आज सम्पन्न अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरू गगन थापा, प्रदीप पौडेल तथा युवा नेता विश्वप्रकाश शर्मा र देवराज चालिसेले संविधान घोषणा गर्दा छुटेका मधेसका मुद्दा अब संवैधानिक प्रक्रियाबाटै सम्बोधन गर्ने बताउनुभयो ।

संविधान घोषणाका बेला सम्बोधन हुन छुटेको गल्तीलाई सच्याउन काँग्रेसले संविधान संसोधनको प्रक्रिया आफ्नो पार्टी सरकारमा छँदै अघि बढाएको उहाँहरूको भनाइ थियो ।

संविधान घोषणाको ऐतिहासिक उपलब्धिलाई निषेधको राजनीतिले केही समय भ्रममा राखेपनि मधेसी जनताले संविधानमा रहेका राम्रा पक्ष थाहा पाउने उहाँहरूले बताउनुभयो । मधेसका सम्बोधन हुन बाँकी रहेका विषयमा मुख्य दलहरू उदार हुनुपर्ने उहाँहरूको भनाइ थियो ।

उहाँहरूले संविधान घोषणा आफैंमा ऐतिहासिक उपलब्धि भएको बताउँदै अपुग कुराका लागि खुला छलफल गर्न काँग्रेस तयार रहेको प्रष्ट्याउनुभयो । रासस