१३ कार्तिक २०८३, शुक्रबार

मधेसका माग सम्बोधन गर्न अबेर नगरौं: नेता खड्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purna-bhadur-khakdaकपिलवस्तु, २२ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्णबहादुर खड्काले मधेस आन्दोलनको माग सम्बोधन गर्न अबेर गर्न नहुने बताउनुभएको छ ।

शिवराज नगरपालिकाको चन्द्रौटामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता खडकाले संंविधान संशोधनमार्फत तत्काल मधेसका माग सम्बोधन गरिनुपर्ने धारणा राख्नु भयो ।

मधेसमा जारी आन्दोलनका माग सम्बोधन गरी मुलुकमा व्याप्त समस्या समाधानका लागि नेपाली काँग्रेसले पहल गरिरहेको बताउँदै उहाँले मधेसका माग सम्बोधन र संविधानको कार्यान्वयन काँग्रेसकै पहलमा सम्भव रहेको दाबी गर्नुभयो ।

पार्टीको आगामी महाधिवेशनले पार्टीभित्रको गुटबन्दीको राजनीति अन्त्य गर्ने उहाँको भनाइ थियो । रासस