
काठमाडौं, २२ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सात दिनको समय दिएर मेदान्त अस्पतालले डिस्चार्ज गरेको छ ।
मेदान्तले उनलाई सात दिनपछि फेरि चेकअपका लागि आउन भनेको छ । सो समयभरि महतो नयाँदिल्लीमै बस्ने छन् ।
भारतको राजधानी नयाँदिल्लीस्थित मेदान्त अस्पताल भर्ना भएका अध्यक्ष महतोको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो ।
दस दिनअघि विराटनगरको रानीभन्सार नाका बन्द गर्न गएका बेला प्रहरीसँग भएको झडपमा बेला अध्यक्ष महतोलाई चोट लागेको थियो ।
विराटनगर, धरान हुँदै अध्यक्ष महतो उपचारका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका हुन् ।
उनलाई भिटामिन ‘सी’का कारण जिउ दुःख समस्या भएको चिकित्सकहरूले जनाएका छन् ।
उच्च रक्तचाप र मधुमेहका बिरामी अध्यक्ष महतोले चार महिनादेखि मधेस आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए ।












प्रतिक्रिया