१३ कार्तिक २०८३, शुक्रबार

भारतको समर्थन गर्दै आएकी सरिता गिरी दल बिहीन, राजीनामा स्वीकृत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarita giriकाठमाडौं, २२ पुस । मधेस र मधेसीका विषयमा विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहने पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीकी सहअध्यक्ष सरिता गिरी दल बिहीन बनेकी छिन् ।

नेपाल सद्भावना पार्टीको दुई दिन राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सहअध्यक्ष समेत रहेकी गिरीको राजीनामा स्वीकृत गरेको हो । गिरीले मधेस र मधेसीका मुद्दालाई पार्टीले राम्रोसँग उठाउन नसकेको भन्दै पदबाट राजीनामा बुझाएकी थिइन् ।

स्रोतका अनुसार केन्द्रीय कार्यसमिति बैठकले पार्टी निर्णय र संगठनको मर्यादा विपरितका कार्य गर्दै आएको भन्दै स्पष्टीकरणको तयारी गरेको थियो । स्पष्टीकरण अगाडि नै गिरीले पदबाट राजीनामा दिएकी हुन् ।

नेतृ गिरीले भारतको नाकाबन्दीको पनि समर्थन गरेकी थिइन् । उनले नाकाबन्दीको समर्थनमा सामाजिक सञ्जालहरूमा टिप्पणी लेख्दै आएकी थिइन् ।

गिरीको नेपाल सद्भावना पार्टी र अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीबीच एकीकरण भएपछि नेपाल सद्भावना पार्टी नाम राखिएको थियो । यो पार्टीको अध्यक्ष अनिल झा रहेका थिए ।

नेपाल सद्भावना पार्टीले तराई मधेसमा आन्दोलन गर्दै आएको छ । केही साना मधेस केन्द्रित दलहरूसँग पनि सहकार्य गर्दै आएको छ ।