२३ कार्तिक २०८३, सोमबार

एमाले नेता यादवका थप दुई हत्यारा पक्राउ, एक महिलाको पनि हात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramnaresh_yadav_Sarlahi-hatya2

सर्लाही, २२ पुस । सत्तारुढ दल नेकपा एमालेका नेता रामनरेश राय यादवको हत्या अभियोगमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

गत पुस १४ गते सर्लाहीको हेमपुरमा एमाले सर्लाही जिल्ला कमिटी सदस्य हेमपुर–७ का ६० वर्षीय यादवको मर्निङ वाकका क्रममा हत्या भएको थियो । उनी एमाले मधेसका खम्बा थिए ।

सर्लाहीका प्रहरी प्रमुख केदार ढकालले हत्याको अभियोगमा एक महिलासहित तीन जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार व्यक्तिगत रिसिविका कारण यादवको हत्या भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । हत्यामा संलग्नहरुको प्रमाणको कन्फरमेशन टेष्ट बाँकी रहेकाले पक्राउ गरिएका तीनै जनाको नाम खुलाइएको छैन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले आउँदो हप्ता यादवको हत्या घटनाबारे सम्पूर्ण विवरण र अभियुक्तलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।