१३ कार्तिक २०८३, शुक्रबार

चुनाव हारेका व्यक्तिले गरेको मधेस आन्दोलनको कुनै अर्थ छैनः सुजाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata-Koiralaसल्यान, २२ पुस । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तराईमा भइरहेको आन्दोलनको कुनै अर्थ नभएको बताउनुभएको छ ।

जनाधार गुमाएका व्यक्तिले गरेको आन्दोलनमा तराईकै जनताले साथ नदिएकाले आन्दोलन प्रभावहीन बन्दै गएको उहाँको दाबी थियो ।

प्रेस युनियन सल्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संविधानले सबैका अधिकारलाई समेटेको छ, बाँकी विषय पनि संशोधन प्रस्तावले समेटेकाले यसमा खोट लगाउने ठाउँ छैन ।”

नेपाली जनताको हित र विकासमा कुनै अदृश्य शक्तिले षडयन्त्र गरिरहेको आरोप लगाउँदै नेत्री कोइरालाले सबै दल एक भएर मात्र संविधान ल्याउन सफल भएको दाबी गर्नुभयो ।

आगामी महाधिवेशनमा तपार्इँको उम्मेदवारी के हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफूले सभापतिका लागि गृह जिल्ला पुगेर उम्मेदवारीको घोषणा गर्ने बताउनुभयो । “अहिले कार्यकर्ता भेटघाटमा छु, कार्यकर्ताको सुझावकै आधारमा सभापतिका लागि उम्मेदवारी दिन्छु”– नेत्री कोइरालाले भन्नुभयो ।

पार्टीभित्र देखिएको विभिन्न गुट उपगुट आसन्न महाधिवेशनबाट समाप्त भएर जाने दाबी गर्दै उहाँले भन्नुभयो, “सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन नेतृत्व हस्तान्तरण गरेपछि पार्टीभित्रको गुट समाप्त हुन्छ ।” रासस