१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेसका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Meetingकाठमाडौं, २२ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा पर्सी शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र १३ औँ महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।

कांग्रेस कार्यालयद्वारा आज जारी विज्ञप्ति अनुसार केन्द्रीय कार्यसमितिको बैठक पुस २४ गते शुक्रबारका दिन अपरान्ह १ बजे बस्नेछ ।

उक्त बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।