१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड र घर्ती थाइल्याण्ड प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaकाठमाडौँ, २२ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत एमाओवादी सचिव तथा सभामुख घर्तीका पति वर्षमान पुनलाई भेट्न उहाँहरु त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बिहान ११.३० बजे नेपाल एयरलाइन्सको जहाजमार्फत उहाँहरु थाइल्याण्ड जानुभएको सभामुख घर्तीको सचिवालयले जनाएको छ ।

कमलपित्तबाट ग्रसित पुनलाई थप उपचारका लागि बैंकक लगिएको थियो ।

एमाओवादी अध्यक्ष दाहाल शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । सभामुख घर्ती भने यही पुस २८ गते स्वदेश फर्कनुहुने बताइएको छ । रासस