
धनगढी, २२ पुस । कैलालीमा एक दम्पत्तीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।
त्रिशक्ती नगरपालिका १० विजुलिया जंगलमा भएको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
घोडाघोडी नगरपालिकास्थित ससुराली जाँदै गरेका श्रीमान् हिरो नेपाली र उनकी श्रीमती २३ वर्षीया आरती नेपालीमाथि अज्ञात समूहले बुधबार दिउँसो आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।
घाँटीमा धारिलो हतियार प्रहार हुँदा आरतीको घटनास्थलमै मृत्यु भएको हो । उनका श्रीमान हिरोलाई प्रहरीले उद्दार गरी अस्पताल पुगाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।












प्रतिक्रिया