२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन्छः परराष्ट्रमन्त्री थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa

काठमाडौ, २२ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण छिमेकी भारतबाटै सुरु हुने खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने- ‘प्रधानमन्त्रीको दुबै छिमेकी मित्र राष्ट्रहरु चीन र भारतको औपचारिक भ्रमणको प्रारम्भिक तयारी सुरु भईसकेको छ । प्रधानमन्त्रीलाई निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर भ्रमणको निम्तो दिनु भएको थियो । त्यसैको आधारमा तयारी गरेका छौ । मेरो भ्रमणको बेला अर्को छिमेकी मित्र चीनले पनि निम्तो दिएको छ । त्यसको आधारमा तयारी भईरहेको छ । तयारीको आधारमा म भन्छु प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारतबाटै सुरु हुन्छ ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उपप्रधानमन्त्री थापाले प्रधानमन्त्रीको भ्रमण कहाँबाट सुरु हुन्छ भन्ने परम्परागत मान्यताबाट मुक्त हुनु आग्रह गर्दै एक मित्र राष्ट्रको सम्बन्धलाई अर्को राष्ट्रसँग दाज्नु उपयूक्त नहुने तर्क गरे ।

उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको लागि केही नयाँ विषय र केही क्रमागत विषयहरु रहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला घोषणा गरेको १ हजार करोड र भूकम्प पछिको पुनर्निर्माणमा घोषणा गरेको १ हजार करोड सहयोग कार्यान्वयनमा लाने र गतिरोध पूर्ण रुपमा अन्त्य गर्ने विषय प्रमुख रहेको बताए ।

उनले भारत र चीनबाट नेपालले फाईदा लिनु पर्ने भन्दै नेपाल भारत र चीनको आर्थिक कोरिडोरलाई मुर्त रुप दिने महत्वपूर्ण अवसर आएको बताए । आफ्नो चीन भ्रमणले दुई देशवीचको सम्बन्धमा मेजर पोलिसी डिपार्चर गरेको दावी गर्दै उनले चीनसँग नेपालको आर्थिक विकास र ब्यापारिक सम्बन्ध नयाँ ढंगले अघि बढाउन महत्वपूर्ण पहल भएको बताए ।

उपप्रधानमन्त्री थापाले भने– ‘चीनसँग अहिलेसम्म कुनै पनि ब्यापार सन्धी छैन । हामी भुपरिबेष्ठित भन्दा पनि भारत परिबेष्ठित भयौ । हामीले यो विर्सियौ कि चीनसँग पनि समुन्द्र छ र त्यसमा पनि पहुँचको हाम्रो अधिकार हो । मेरो भ्रमणले नेपाल र चीनवीचको सम्बन्ध नयाँ ढंगले अगाडि बढाउन फ्रेमवर्क तयार पारेको छ ।’

उपप्रधानमन्त्री थापाले कुटनीतिक प्रयास स्वरुप भारतसँगको असमझदारी क्रमश हट्दै गएकोले बीरगञ्ज बाहेकका नाकाहरु पुर्ण रुपमा सञ्चालनमा आएको दावी गर्दै अब सरकार र ब्यापारीहरुको आपूर्तिमा ध्यान जानु पर्नेमा जोड दिए ।

उनले सञ्चारकर्मीको जिज्ञासमा अबैद्य रुपमा विराटनगरमा भारतले राखेको सम्पर्क कार्यालय हटाउन कुटनीतिक तवरबाट प्रयास गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे ।