१३ कार्तिक २०८३, शुक्रबार

रुवाण्डाका नेपालीहरुको सहयोगमा विद्यालय भवन निर्माण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School-Buildingनुवाकोट, २२ पुस । रुवाण्डाका नेपालीहरुले गत वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त एक विद्यालयको भवन निर्माण गरिदिएका छन् ।

नुवाकोटको तारुका गाविसस्थित ग्रामीण विकास प्रतिष्ठानको पहलमा रुवाण्डाका विभिन्न निकायमा कार्यरत नेपालीहरुले निजी रुपमा संकलन गरेको आर्थिक सहयोगबाट तारुका श्रीकृष्ण उच्चमाविको लागि दुईवटा भवन र तारुका श्रीकृष्ण कलेजको लागि एक भवन गरी जम्मा ३ वटा भवन निर्माण गरिएको हो ।

करिव १५ लाखको लागतमा निर्माण भएको उक्त भवनहरुबाट तारुकाका ७ सय विद्यार्थी लाभान्वित भएका छन् । करिब छ हजार जनसंख्या रहेको तारुका गाविसमा पिछडिएको दलित, महिला, गरिवहरु यसबाट लाभान्वित भएका छन् ।

ग्रामीण विकास प्रतिष्ठानले उक्त भवन निर्माण गर्न तीन जनाको समिति गठन गरेको थियो । जसमा तारुका उच्चमाविका प्राधानाध्यापक रामकृष्ण अधिकारी, तारुका श्रीकृष्ण कलेजका क्याम्पस प्रमुख भरत अधिकारी र ग्रामीण विकास प्रतिष्ठानको महिला संयोजक मञ्जु प्रधान रहेका थिए ।

करिव ५ महिना लगाएर बनाएको उक्त तीनवटा भवनबाट तारुकाका पीडित विद्यार्थीहरुले राहत पाएको र विद्यालय तथा कलेजको अध्यापन नियमित गर्न सहयोग पुगेको प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले बताए ।

विदेशमा रहेका नेपालीहरुले भूकम्प पीडितलाई सहयोग गर्ने यो नमूना कार्य भएको प्रधानको भनाई छ ।