१३ कार्तिक २०८३, शुक्रबार

आगो ताप्ने क्रममा जलेर ८ वर्षीय बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २२ पुस । आगो ताप्ने क्रममा बर्दियामा एक बालकको मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका–७ मटेरिया बस्ने हरी प्रसाद थारुको खेतमा राखेको परालको टौवा नजिकै आगो बाली ताप्ने क्रममा परालको टौवामा आगलागी हुदाँ ८ बर्षीय सुजल बिकको जलेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

जलेर गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

आगोले जलेर सोही ठाउँ बस्ने ११ बर्षीय राधा कृष्ण थारु, १० बर्षीय संजय राजबंशी, ९ बर्षीय बिशाल बिक समेत घाइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लगिएको छ ।