महेन्द्रनगर, २२ पुस । कञ्चनपुरमा एक पुरुषले आफ्नै छोराको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिका–१५ माथिल्लो गोबरिया बस्ने ४० बर्षीय बिष्णु भट्टले आफ्नै ८ बर्षीय छोरा हरिश भट्टको हत्या गरेका छन् ।
भट्टले मंगलबार छोरालाई घर देखि अंदाजी ६ सय मिटर टाढा बाँसको झ्याङमा बिजुलीको तारले घाँटीमा कसेर झुण्डाई हत्या गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी किशोर दाहालले जानकारी दिनुभयो ।
घटनापछि अभियुक्त भट्ट फरार छन् । उनको प्रहरीले खोजतलास गरिरहेको छ । मृतक बालकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।












प्रतिक्रिया