काठमाडौं, २२ पुस । अवैध सुनसहित २ बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
आरएको उडानद्धारा मलेशियाको क्वालालाम्पुरबाट आएका बंगलादेशी नागरिक ५० वर्षीय कमल भिदिन र ५० वर्षीय एमडी मुही भिदिनलाई प्रहरीले अवैध सुन १ हजार ९ सय ग्रामसहित बुधबार पक्राउ गरेको हो ।
अन्तराष्ट्रिय बिमानस्थलको अराईभल एरियाको हेण्ड व्यागेज एक्सरेमा मंगलबार चेकजाँच गर्ने क्रममा उनीहरुले लुकाई छिपाई ल्याएको अवस्थामा उक्त सुन बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया