३१ आश्विन २०८३, शनिबार

सहकारीले महिलाको जीवनस्तर बदलिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakariमहोत्तरी, पुस २२ । एक एक रुपैयाँ जम्मा गरी सहकारी स्थापना गर्न सफल भएका जिल्लाका ग्रामीण भेगका महिलाको आजभोलि दिनचर्या फेरिएको छ । दाउरा र रक्सी बिक्री गर्दै आएका सयौं महिला सहकारीबाट ऋण लिएर करेसाबारी, पशुपालन जस्ता आयआर्जनका काम गर्न थालेका छन् । आफँैले आम्दानी गरेको रुपैयाँ बचत गरेर समाजमा उदाहरणीय बनेका छन् ।

जिल्लाको ंबेलगाछिकी मनकुमारी थापा मगर आफ्नै नेतृत्वमा रहेको सहकारीबाट सहुलियत दरमा ऋण लिएर करेसाखेती र पशुपालन गरिरहनुभएको छ । सेवा सामाजिक उद्यमी सहकारी संस्था बेलगाछिका अध्यक्ष समेत रहनुभएकी मगर अहिले आफ्नै घरमा गोबर ग्यास (बायोग्यास) बनाएर रक्सी पार्नुको सट्टा पशुको लागि साँझ बिहान खोले पकाउनुहुन्छ ।

मगरको करेसाबारीमा लहलहाउँदों बोडी, मकै र उखुखेती रहेको छ । गोठमा आधादर्जन भन्दा बढी बाख्रा र एउटा भैँसी समेत पाल्नु भएकी उहाँले अहिले आफैंले फलाएको तरकारी गौशाला बजारमा बिक्री गर्नुहुन्छ । मनकुमारी जस्तै गौरीवास– १ की मन्जु फुँयालको पनि सहकारीमा आवद्ध भएर जीवनस्तर फेरिएको छ । उहाँले वर्ष अगाडि महोत्तरी र धनुषाको साँधमा पर्ने रातु खोलामा गिट्टी कुटेर बिक्री गरी जीविकोपार्जन गर्नुहुन्थ्यो ।

खोलामा गिट्टी कुटने मन्जु अहिले पशुपालन क्षेत्रमा व्यस्त हुनुहुन्छ । महिला केन्द्र बहुद्देश्य सहकारी संस्था लिमिटेड बर्दिवासबाट सहुलियत ब्याजदरमा लिएको रु १० हजारले उहाँको जीवनस्तर फेरिएको हो । सहकारीबाट रु एक लाख ऋण लिनु भएकी उहाँले भँैंसी, बाख्रा, कुखुरा, बङ्गुरपालन गरी अहिले पशुपालनबाट रु ४४ हजार नाफा लिनुभएको छ ।

त्यस्तै खयरमारा– ८ पानी ट्याङ्की टोलकी सीता बोगोटीकोे जीवनमा परिवर्तन गर्ने काम पनि सहकारीबाटै भएको छ । एजेन्टबाट ठगिएरु विदेश पुग्नुभएका उहाँका श्रीमान गणेश बोगोटी अहिले स्वदेशमै बाख्रापालन गरिरहनुभएको छ । गाउँको ज्योति सामाजिक उद्यमी महिला सहकारी संस्थामाबाट ऋण लिएर दुबैजना बाख्रापालनमा व्यस्त रहनुभएको छ ।

महिला केन्द्र बहुद्देश्य सहकारी संस्था बर्दिवासकी उपाध्यक्ष रञ्जना माझी (श्रेष्ठ) अहिले सांसद हुनुहुन्छ । महिला दिदीबहिनीलाई समूह बनाएर सहकारीमा आवद्ध गराउने रञ्जना सांसद बन्न सफल हुनुभयो । यी सहकारीमा आवद्ध महिलाहरु साँस्कृतिक उत्थान केन्द्र बर्दिवास र हेफर इन्टरनेसनल नेपालले स्थानीय निकायसँग मिलेर काम गर्दै आउनुभएको छ ।

उत्थान केन्द्रका अध्यक्ष शारदा दहालले महिलालाई समूहमा आवद्ध गराउन पहिला हम्मे हम्मे परे पनि अहिले सहज बन्दै गएको बताउनुभयो । “अहिले सहकारीमा आवद्ध सवै महिलको उन्नती प्रगति राम्रै रुपले भएको छ, हामीले गरेको मेहेनत् काम लाग्यो” उहाँले भन्नुभयो । रासस