काठमाडौं, २२ पुस । नयाँ संविधान निर्माण भएसँगै गत असोज तीन देखि नै मधेशी दलको ‘पुच्छर’ बन्दै हिडेका नयाँ शक्ति अभियानका प्रमुख बाबुराम भट्टराई पत्नी हिसिला यमीले खुसुक्क मेदान्त अस्पतालमा उपचाररत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट गरेकी छिन् ।
नयाँ शक्ति अभियानकी विदेश विभाग प्रमुख हिसिलाले हिजै मात्र भारतको मेदान्त अस्पतालमा भेटेको तथ्यलाई सद्भावना पार्टीले स्वीकार गरेको छ ।
महतो प्रहरी कारबाहीको क्रममा केही साता अगाडि विराटनगरको रानी भन्सारमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए । सदभावना पार्टीका अध्यक्ष महतोलाई नेपालमा उपचार नभएपछि भारतको मेदान्त अस्पताल लगिएको थियो । नयाँ शक्ति निर्माणको लागि वैदेशिक यात्रामा रहेकी यमीले महतोलाई भेटेकी हुन् ।
भेटको क्रममा उनले महतोको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइए पनि भावी आन्दोलन र नाकाबन्दीलाई कसरी अझै प्रभावकारी बनाउने भन्ने सम्बन्धमा कुराकानी भएको जनाईएको छ ।












प्रतिक्रिया