६ कार्तिक २०८३, शुक्रबार

नेपाली फकाउन भारतले २७ वटा कार्यक्रम ल्याउँदै, नेपालले गर्‍यो हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ray-Upadhya

काठमाडौं । नेपालमा भारत विरोधी गतिविधि बढेको भन्दै भारतीय सहयोगहरु त्यसलाई कम गर्ने प्रकारको आयोजनामा लगानी गर्ने तयारीमा भारत लागेको छ ।

नेपाल र भारतका राजदूतले संयुक्तरुपमा अध्यक्षता गरेको बीपी कोइराला नेपाल भारत फाउन्डेसनको मंगलबार नगरकोटमा सकिएको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।

जनस्तरमा सम्बन्ध विस्तारका २०१६/१७ का लागि २७ वटा कार्यक्रमहरु स्विकृत गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी कार्यक्रमहरु करिब तीन करोड बराबरका हुने पनि दूतावासले जनाएको छ ।

सोमबार र मंगलबार नगरकोटमा चलेको फाउन्डेसनको ३१ औं बोर्ड बैठकले नेपालमा भारतीय लगानीको परियोजना, साँस्कृतिक सम्बन्ध तथा लगानी र पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो । सन् २०१४/०१५ मा ९६ कार्यक्रम फाउन्डेसनले चलाएको थियो ।

यसै फाउन्डेसनको कार्यक्रममा सहभागी हुन भारतका नर्थ डेक्स प्रमुख अभय ठाकुर, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय गत शनिबार नेपाल आएका थिए ।

बैठकमा भारतीय अधिकारीहरु नेपालमा धेरै कार्यक्रम गर्दा र सहयोग गर्दा पनि भारत विरोध भावना बढेको भनेर बढी चिन्तित देखिएको बैठकमा सहभागी एक अधिकारीले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।