२३ कार्तिक २०८३, सोमबार

दाङमा बस दुर्घटना, ५ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident

– सुधासुमन ढकाल
दाङ, २२ पुस । दाङको घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत सौरीकुलामा यात्रुबाहक माइक्रोबस (किया) र स्कुल बस एक आपसमा ठोक्किदा ५ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा किया चालक सुमन थापा, २ बर्षका बालक हेमेन्त विष्ट र नारायणपुर निबासी ३६ बर्षका सवनम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक २ जनाको सनखत हुन बाँकी रहेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए । गम्भिर १२ जना यात्रुलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । अन्य ७ जना घाइतेको अहिले उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

घोराहीबाट नारायणपुर तर्फ विद्यार्थी ल्याउन आइरहेको रा १ क १९१ नम्बरको पद्मोदय स्कुलको बस र तुलसीपुरबाट घोराही तर्फ यात्रु लिएर गइरहेको रा १ ज ३७२ नम्बरको किया आज विहान पौने नौ बजे एक आपसमा ठोक्किएका थिए ।