२३ कार्तिक २०८३, सोमबार

माननीयज्यूलाई बोसोले तनाव !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umesh-shrestha

– हरि गजुरेल
काठमाडौं, २२ पुस । मान्छेका दुख पनि कस्ता कस्ता ! कसैलाई खान नपाएर चिन्ता, कसैलाई खान्की बढी भएर बोसो फाल्नुपर्ने वाध्यता । हो, यस्तै मध्यका एक मान्य खान्की बढी भएका कारण समस्या झेल्दै छन ।

अभिभावकको बोसो नै निस्कने गरी हरेक वर्ष चर्काे शुल्क असुल गर्दै आएका ती शिक्षा व्यापारी मान्य शरीरमा अत्याधिक बोसो बन्ने समस्याबाट वर्षाैदेखि पीडा भोग्दै आएका छन् । हिसानका अध्यक्ष समेत रहेका श्रेष्ठको गुणस्तरीय शिक्षाका नाममा लिटिल एन्जल स्कूलले विद्यार्थी तथा अभिभावकबाट चर्काे रकम असुली गर्दै आएको छ ।

उनै उमेश श्रेष्ठ शरिरमा बोसोको मात्रा ज्यादा भएसँगै हरेक वर्ष थाइल्याण्ड पुगि उक्त बोसो घटाउने सुई लगाउने गरेका उनी निकटकाहरुले जनाएका छन । डाक्टरहरुका अनुसार शरिरमा वढेको वोसो घटाउने सुई नेपालमा यस उपलव्ध छैन । छिमेकी मुलुक भारत, थाइल्याण्ड लगायतका मुलुकमा मात्र यस प्रकारको सुई उपलव्ध हुन्छ । यसरी एक पटक बोसो घटाउने सुई लगाँउदा १६ लाख देखि २५ लाखसम्म खर्च हुने गर्दछ । र, यस्तो सुई हरेक वर्ष लगाउनुपर्दछ । यो सुई लगाउन श्रेष्ठ हरेक वर्ष थाइल्याण्ड पुग्ने गरेको श्रेष्ठ निकट स्रोतले जनाएको छ । भोजपुर स्थायी घर भएका श्रेष्ठ मन्त्रिपरिषदद्धारा मनोनित भएका २६ भाई सभासदमध्येका एकलाई नेपाली कांग्रेसले आफ्नो कोटामा सभासद् बनाएको थियो ।

भोजपुरमा जन्मिएका अबिबाहित उमेश श्रेष्ठलाई शैक्षिक क्षेत्रमा लागेका एकातिर ग्यालेक्सीकी गीता राना र भीएस निकेतन कलेजका बावुराम पोखरेललाई मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सभासद् नियुक्त गरेसँगै सभासद्को भूत जागेका थियो । एमाओवादी निकट भनि चिनिएका उमेश नेपाली काग्रेसको कोटामा सभासद् मनोनित भएका थिए । दुर्भाग्य चाँही सभासद् बनेका गीता राना, वावुराम पोखरेलसहित उनै उमेश श्रेष्ठको समेत सम्पत्तिको श्रोत नखुलेको र अथाह सम्पत्ति आर्जन गरेको आरोपसहित केही हप्ता अगाडि बैंक खाता रोक्का गर्ने अख्तियारले निर्दैशन दिएसँगै यी तीनै शिक्षा व्यापारीहरु गुमनाम छन ।

यस विषयमा सभासद् श्रेष्ठसँग पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन ।