२३ कार्तिक २०८३, सोमबार

कार्यदलले संशोधन प्रस्तावमा भाषा मिलाउने, बैठकको तयारी हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-1काठमाडौं, २२ पुस । कांग्रेस, एमाले र एमाओवादी तथा मधेसी मार्चाका दोस्रो तहका नेता सम्मिलित छ सदस्यीय कार्यदलको बैठकको तयारी भएको छ ।

राजधानीमा आज बस्ने भनिएको कार्यदलको बैठकले संविधान संशोधनसम्बन्धी विधेयकमा भाषा मिलाउन प्रयास गर्नेछ । संसदमा सैद्धान्तिक छलफलपछि संशोधनका लागि ७२ घण्टाको समय दिइसकिएको छ ।

तर प्रमुख दलहरुले सो विषयमा अत्यन्तै ढिला काम गरेको आरोप छ । विधेयकमा संशोधनको तयारी भए पनि सहमति हुन नसक्दा संयुक्त संशोधन जान सकेको छैन ।

सहमतिमा संशोधन प्रस्ताव जान सकेन भने सरकारले अहिले सदनमा पेश गरेकै विधेयक पारित हुनेछ ।

कार्यदलका सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यदलको बैठक बस्ने सुने पनि अहिलेसम्म स्थान र समयका विषयमा जानकारी नआएको बताउनुभयो ।

उहाँले कार्यदलले मधेसी मोर्चाले उठाएका ११ बुँदामा पनि सहमतिको प्रस्ताव बनाउने दाबी गर्नुभयो ।