डडेलधुरा, २२ पुस । प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा उत्तर विष्ट चयन भएका छन् भने दार्चुलाको अध्यक्षमा नरेन्द्र कार्की चयन भएका छन् ।
चौतारी डडेलधुराको मंगलवार सम्पन्न तेस्रो अधिवेशनले विष्टको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा राजेन्द्र ठगुन्ना उपाध्यक्ष, हिक्मत सिंह सचिव, हरिश चन्द सहसचिव, लोकेन्द्र ओझा कोषाध्यक्ष रहेका छन् ।
यस्तै सदस्यमा भानवहादुर विक, हेमराज अवस्थी, गौरी नेपाली, पार्वती साउद, गणेश ठगुन्ना, भुपेन्द्र विष्ट, ललित वोहरा र प्रतिक्षा धामी चयन भएका छन् ।
यसैगरी सोमबार दार्चुलामा भएको जिल्ला अधिवेशनबाट नरेन्द्र कार्की अध्यक्ष चयन भएका छन् । दार्चुलाको उपाध्यक्षमा रमेश भट्ट, सचिवमा श्यामसिंह सामन्त, सहसचिवमा नन्दा धामी र कोषाध्यक्षमा जनकराज भट्ट छानिएका थिए ।
दार्चुलाबाट शंकर धामी, हिरा धामी र पदम पडाल राष्ट्रिय अधिवेशन प्रतिनिधि चयन भएका छन् ।












प्रतिक्रिया