२३ कार्तिक २०८३, सोमबार

तेल र ग्यास माग गरेर आयल निगम घेराउ हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negamकाठमाडौं, २२ पुस । सत्तारुढ दल एमालेको भातृ संगठन युवा संघ नेपालले पेट्रोलियम पदार्थमा भएको कालोबजारी र अनियमितताविरुद्ध आज नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दैछ ।

मध्यान्ह १२ बजे युवा संघले बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने प्रवक्ता प्रभातविक्रम कट्वालले जानकारी दिनुभयो । ‘पेट्रोलियम पदार्थ वितरणमा भएको अनियमितता तथा कालोवजारीविरुद्ध नेपाल आयल निगम घेराउ गर्न गर्दै छौँ’, उहाँले भन्नुभयो ।

भारतको नाकाबन्दी र त्यसपछि पनि आयात भइरहेका ग्यास र तेलमा निगमका उच्च कर्मचारीहरु मिलेर अनियमितता गरेको युवा संघ नेपालको आरोप छ ।

सर्वसाधारणलाई तेल र ग्यास सहज रुपमा उपलब्ध गराउनु पर्ने संघले माग गरेको छ । माग पूरा नभए निगमविरुद्ध झन् शसक्त आन्दोलन गर्ने प्रवक्ता कट्वालले बताउनुभयो ।