२३ कार्तिक २०८३, सोमबार

भारत नेपाललाई सिक्किमीकरण गर्न चाहेको एमाओवादीको नयाँ खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dinanath-Sharmaकाठमाडौं, २२ पुस । एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले भारतले नेपाललाई सधै सिक्किमीकरण गर्ने योजनामा रहेको आरोप लगाउनु भएको छ ।

उहाँले यस्ता खालका भारतीय क्रियाकलापप्रति नेपालीहरुले चासो दिनुपर्ने बताउनुभयो ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रवक्ता शर्माले भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व प्रमुखको अभिव्यक्ति र किताबले पुष्टि गर्ने बताउनुभयो ।

‘रअका पूर्व प्रमुखको कितावमा रहेको लेखले पनि नेपालमा खतरा छ’, उहाँले भन्नुभयो, ‘मिशन ‘रअ’मा नेपाललाई सिक्किम बनाउन खोजेको प्रष्ट देखिन्छ ।’

भारतले नेपालप्रति कहिल्यै पनि राम्रो दृष्टि नराखेको एमाओवादी प्रवक्ता शर्माले बताउनुभयो ।