६ कार्तिक २०८३, शुक्रबार

सरकारी अस्पतालमा आमाको दूध रोक्न चिकित्सकहरु सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thapathali-Prasuti-Grihaकाठमाडौं, २२ पुस । नियमअनुसार कुनै पनि स्वास्थ्य संस्थामा आमाको दूधलाई प्रतिस्थापनमा सहयोग पुग्ने गरी बोतलको दूध तथा खाने आहारको प्रचारप्रसार र बिक्री गर्न पाइँदैन ।

झन् सरकारी संस्थामा त त्यसको बन्देज नै लगाउनु पर्ने प्रावधान छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तु सम्बन्धी ऐन २०४९ ले पनि यससम्बन्धी व्यवस्था गरेको छ ।

सरकार आफैले पनि ठूलो धनराशि खर्चेर बच्चालाई कुपोषणबाट बचाउन आमाको दूधलाई निरुत्साहित गर्ने बस्तुको नियन्त्रणका लागि विभिन्न कार्यक्रम चलाउँदै आएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

तर लाखौ आमा र बच्चाले स्वास्थय सेवा लिने देशकै ठूलो सरकारी अस्पताल परोपकार तथा स्त्रीरोगले भने लामो समयदेखि परामर्शसहित बजारमा पाइने ‘मिठो सगुन’ नामक सर्वोत्तम पिठोबारे लेखिएको पर्चा वितरण गर्दै आएको छ ।

अस्पतालको नयाँ भवनस्थित दोस्रो तलाको ओपीडी विभागमा छिर्ने ढोकामै बच्चाको उचाइ र तौल नाम्पने स्थानमा ‘मिठो सगुन’बारे लेखिएको पर्चा ‘मिठो सगुन औषधि पसलहरुमा पाइन्छ’ भन्ने छाप लगाउँदै उनीहरुले प्रत्येक बृद्धि अनुगमन कार्डभित्रै राखेर दिने गरिएको हो ।