६ कार्तिक २०८३, शुक्रबार

सर्वसाधारणको घरमा विजुली छैन, ठूलालाई महसुल छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiकाठमाडौं, २२ पुस । विद्युत महसुल निर्धारण आयोग र नेपाल विद्युत प्राधिकरणको मिलेमतोमा व्यापारीको आग्रह बमोजिम चौबिसै घण्टा बिजुली लिएका ठूला ग्राहकलाई वार्षिक चार अर्ब रुपैयाँ महसुल छुट दिने निर्णय भएको छ ।

प्राधिकरणले उद्योग, होटल, प्रतिष्ठानलगायत ठूला ग्राहकलाई चौबीसै घन्टा विजुली दिएबापत दोब्बर महसुल उठाउँदै आएको थियो ।

प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकले त्यस्ता डेडिकेटेड फिडरलिएका ग्राहकबाट दोब्बर महसुल नलिने र लिएको महसुल फिर्ता गर्ने निर्णय गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

आयोगका अध्यक्ष जगत भुसालले डेडिकेटेड लाइनबाट थप महसुल असुल्ने प्राधिकरणलाई अधिकारी नभएको बताए ।

आयोगले डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति भइरहेका ग्राहकसँग थप रकम नलिन र लिएको भएफिर्ता गर्न प्राधिकरणलाई यही पुस १९ गते पत्राचार गरेको थियो ।