६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दीले मधेसी जनता नै धेरै पीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-2काठमाडौं, २२ पुस । पाँच महिनादेखि जारी मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले मधेसीको जीवन कठिन अवस्थामा पुगेको छ ।
मधेसका १० जिल्लामा सबैभन्दा मार निम्न र मध्यमवर्गीय परिवारलाई परेको छ ।

सर्वसाधारण नाकाबन्दी खुल्ने पर्खाइमा बसेको हप्तौँ भइसक्यो । दिक्क मान्दै उनीहरु भन्ने गर्छन्,‘ मर्नु र बाँच्नुको अवस्थामा पुगेका छौँ। बन्द कहिले अन्त्य हुन्छ ?’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।

जनकपुरका मुटुरोग र उच्च रक्तचापका बिरामी सेवानिवृत्त शिक्षक राजेन्द्र विमलले पुसको पहिलो साता ५ दिनसम्म जीवनरक्षक औषधि सेवन गनै पाएनन् ।

दैनिक लिनु पर्ने औषधि जनकपुरमा नभेटिएपछि बाहिरबाट मगाएर जेनतेन चलाउनु परेको छ ।

वीरगन्जका राजनीतिकर्मी राकेश सिंह नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनबाट राज्य गम्भीररुपले चुकेको वताउँछन् ।

लामो बन्दले मिलहरु बन्द भएकाले किसानले उब्जाएको धानको उचित मूल्य पाएका छैनन् ।