६ कार्तिक २०८३, शुक्रबार

अमेरिकी दूतावासबाट आएको पत्र कर्मचारीले किन लुकाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

American flag flying in the windकाठमाडौं, २२ पुस । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल अमेरिकी दूतावासबाट पठाइएको एउटा पत्र मन्त्रालयकै कर्मचारीले लुकाइएको थाहा पाएपछि मन्त्रालयका कर्मचारीसँग असन्तुष्ट बनेका छन् ।

केही साताअघि अमेरिकी राजदूत एलाइना बी तेप्जल भेट्न आउने भनी दूतावासबाट पठाइएको पत्रबारे मन्त्री मण्डललाई अन्तिम समयसम्म पनि जानकारी नगराइएपछि उनले कर्मचारीतन्त्रबाट आफूलाई असहयोग भएको निष्कर्ष निकालेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

स्रोतका अनुसार मंसिर तेस्रो साता राजदूत तेप्जिल खेलकुदमन्त्रीलाई भेट्न आउने भनी अमेरिकी दूताबासबाट मन्त्रालयमा पत्र पठाइएको थियो ।

दई दिनपहिले नै आएको उक्त पत्रका विषयमा मन्त्री मण्डलले भने राजदूत भेट्न आउनु आधा घण्टाअघि मात्र जानकारी पाएका थिए, त्यो पनि मन्त्रालयबाट नभई अन्यत्रैबाट ।