
काठमाडौं, २१ पुस । राजधानीको ललितपुरमा रहेको भारतीय कम्पनी जिएमआरमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।
ललितपुर चाकुपाटीस्थित कार्यालयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गर्दा कार्यालयका झ्यालका सीसा फुटेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
भारतीय कम्पनी जिएमआरले नेपालमा माथिल्लो कर्णाली ९ सय मेगावाट र मथिल्लो मर्स्याङदी २, ६ सय मेगावाटको निर्माण गरिरहेको छ । कार्यालयको पर्खाल बाहिरबाट अज्ञात समूहले पेट्रोल बम फालेका थिए ।
यसअघि विप्लव माओवादी सुर्खेतमा रहेको जिएमआरको शाखा कार्यालयमा आक्रमण गरेको थियो ।












प्रतिक्रिया