१३ कार्तिक २०८३, शुक्रबार

काकाले गरे आफ्नै भतिजाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

murder_41031जनकपुरधाम, २१ पुस । धनुषाको औरही गाविसमा एकजना बालकको हत्या भएको छ । सो हत्यामा निजको काकाकै संग्लनता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार औहरी–८ मा एक वर्षीय बालक राजाबाबु मण्डलको हत्या गरी शवलाई पोखरीमा फालिएको अवस्थामा बरामद गरिएको छ । निज बालकलाई जुटको बोरामा गाउँनजिक रहेको पोखरीनजिक फालिएको छ ।

सो शवलाई प्रहरीले करिब २ बजे फेला गरेको हो । बालकको हत्याको आशङ्कामा प्रहरीले मृतक बालकका काका २२ वर्षीय रामकुमार मण्डललाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले पक्राउ गरिएको मण्डलको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । रासस