२३ कार्तिक २०८३, सोमबार

पूर्वसभामुख नेम्वाङ एमाले संसदीय दलको उपनेता, ढकाल बने प्रमुख सचेतक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nembang-z

काठमाडौं, २१ पुस । नेकपा एमाले संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ चयन हुनुभएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले नेम्वाङलाई उपनेता चयन गरेको हो । एमालेले दोस्रो संविधानसभा निर्वाचनपछि उपनेता चयन गर्न सकेको थिएन ।

बैठकले सांसद भानुभक्त ढकाललाई प्रमुख सचेतक चयन गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । प्रमुख सचेतक अग्नि खरेल कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएपछि ढकाललाई प्रमुख सचेतक बनाइएको हो ।

पूर्व सभामुख नेम्वाङ अघिल्लो महिना एमालेको केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको थियो । एमाले संसदीय दलको नेता प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । नेम्वाङ उपनेता बन्नुभएको हो ।