जाजरकोट, २१ पुस । यहाँबाट नेपालगन्ज र सुर्खेतका लागि आजदेखि सिधा बस सेवा सुरु भएको छ ।
राकमस्थित भेरी नदीमा फेरी सञ्चालनमा समस्या आएका कारण रोकिएको यातायात सेवा पूर्ण रुपमा सञ्चालन भएको भेरी गङ्गा बस व्यवसायी समितिले जनाएको छ । आज बिहानदेखि नेपालगन्ज र सुर्खेतका लागि बस छुटेको समितिले जनाएको छ । रासस















प्रतिक्रिया