१३ कार्तिक २०८३, शुक्रबार

चिसोबाट तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chiso-agoगौशाला, २१ पुस । अत्यधिक चिसोका कारण महोत्तरीको हलखोरी गाविसमा एक सातामा तीन जनाको मृत्यु भएको छ ।

हलखोरी गाविस–२ का ५० वर्षीय गफुर अन्सारी, वडा नं ५ का ६० वर्षीय रामनन्दन यादव र वडा नं ४ का ३५ वर्षीय उपेन्द्र मण्डलको मृत्यु भएको हो । जिल्लामा केही दिनदेखि लगातार बढ्दै गएको बाक्लो हुस्सु, शीतलहर र चिसो हावाका कारण तिनको मृत्यु भएको स्थानीयवासी शिवशङ्कर यादवले बताउनुभयो । रासस