
– विमल योगी
काठमाडौं, २१ पुस । आफ्ना ११ बुँदे मागमा सहमति खोज्न सरकारले गठन गरेको कार्यदलमा मधेसी मोर्चाले तीन सदस्य पठाएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाले सरकारी कार्यदलमा तीन नेतालाई पठाउने निर्णय गरेको सदभावना पार्टीका महासचिव मनीष सूमनले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यदलमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट हृदेश त्रिपाठी, तराई मधेस सदभावना पार्टीबाट रामनरेशराय यादव र संघीय समाजवादी फोरम नेपालबाट राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।

कार्यदलमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी सहभागी भएको छैन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ताले ११ बुँदे मागमा सहमति खोज्न कार्यदल बनाउने निर्णय गरेको थियो । सोही निर्णयअुनसार मोर्चाले तीन सदस्य पठाएको हो । प्रमुख तीन दलबाट यसअघि नै सदस्य छनोट भइसकेका छन् ।













प्रतिक्रिया