काठमाडौं । नेपाल प्रहरीमा डिआइजी सरुवाको तयारी सुरु भएको छ । सरुवाका लागि गृहमन्त्री निवास र आइजिपी निवासमा छुट्टाछुट्टै लिस्ट बनेको छ ।
गृहमन्त्री शक्तिबहादुर बस्नेत र आइजिपी उपेन्द्रकान्त अर्यालबीच कुरा नमिल्दा सरुवा लम्बिने देखिएको छ । अर्कोतर्फ बालुवाटारबाट समेत केही व्यक्तिको सिफारिस स्वकीय सचिवहरुले गरेका छन् ।
गृहमन्त्रीको लिस्टमा पूर्वमा केशरी घिमिरे, मध्यमाञ्चलमा हेमन्त पाल, पश्चिमाञ्चलमा मिङमार लामा, सिआइबीमा जयबहादुर चन्द, सुदूरपश्चिमाञ्चलमा श्याम खड्काको नाम राखेका छन् ।
मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चलमै सरुवामा डिआइजीहरुले विभिन्न नेताहरुमार्फत अनेक दबाब दिइरहेका छन् । अख्तियारमा कार्यरत डिआइजी पशुपति उपाध्याय मध्यमाञ्चल सरुवा हुन चाहेका छन् । दृष्टि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया