२३ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद बैठक बस्दै, भूकम्पपीडितलाई राहत दिने विषयमा निर्णय हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-cabinet-1st-meetingकाठमाडौं, २१ पुस । मुलुकको पछिल्लो अवस्था र मन्त्रालयहरूका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

साँझ सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकमा भूकम्पपीडितहरूलाई राहत दिने तथा पुनःनिर्माणका विषयमा ठोस निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

भूकम्पपीडितहरूलाई सहयोग नगरेको भन्दै आरोप खेपीरहेको सरकारले सो विषयमा ठोस निर्णय गर्ने तयारी गरेको छ ।

बैठकमा मन्त्रालयका नियमित विषयले पनि प्रवेश पाउने छन् भने केही राजनीतिक नियुक्ति पनि हुन सक्ने बुझिएको छ ।

त्यसै गरी मन्त्रिपरिषद बैठकमा नाकाबन्दी र तराई मधेसको आन्दोलनलगायतका विषयमा पनि छलफल हुन सक्ने छ ।

यसअघि सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएको थियो ।